जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कारवाही

जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कारवाही

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 काठमाडौ १५ वैशाख ।
महानगरीय ट्राफिक महाशाखाले काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थित गरी दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महाशाखाले राजधानीमा आज आयोजना गरेको कार्यक्रममा महानगरीय प्रहरी आयुक्तको कार्यालयका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले पैदलयात्रुको सुरक्षाका लागि चेतनमूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले पैदल यात्रुलाई जेब्रा क्रसिङ र आकासे पुलबाट मात्र बाटो काट्न आग्रह गरेको छ ।

महानिरीक्षक भण्डारीले सवारी चालकलाई जेब्रा क्रसिङ खाली भए पनि ३० सेकेन्ड सवारी रोकेरमात्र अघि बढ्न आग्रह गर्नुभयो । उहाँले जेब्रा क्रसिङमा सवारी नरोक्ने चालकलाई कारवाही गर्ने पनि चेतावनी दिनुभयो ।

यसैगरी आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग नगरी जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कारवाही गर्ने उहाँको भनाइ थियो । राजधानीमा सवारी साधनमा हर्न निषेध गरिएपछि ध्वनि प्रदूषणमा कमी आएको भन्दै ट्राफिक प्रहरीले त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले तयार पारेको चेतनामूलक श्रव्यदृश्य देखाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ