चितवन १५ बैशाख।
नेकपा माओवादी केन्द्र चितवनले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उम्मेदवारी औपचारीक रुपमा घोषणा गरेको छ ।
चितवनको भरतपुरस्थित कृष्णपुरमा रहेको पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले जिल्लाका ७ बटै स्थानीय तहका उम्मेदवारहरुको औपचारीक घोषणा गरेको हो ।
माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । यस्तै, शहिद परिवारका सदस्य सुरेन्द्र गुरूङलाई उपमेयरमा उठाउने घोषणा गरेको छ ।
यसअघि भरतपुर महानगरपालिकाको उपमेयरमा इश्वर सापकोटा ‘सुमन’को चर्चा थियो । उम्मेदवार घोषणा कार्यक्रममा रेणु दाहालले आफू चितवन र काठमाडौं जोड्ने पुलको रुपमा जिल्लामा क्रियाशील रहने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline