आज देखि डिजिटल केबुल वितरण गरिदै

आज देखि डिजिटल केबुल वितरण गरिदै

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १५ वैशाख ।
आजदेखि एनालग प्रणालीमा सञ्चालित केबललाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
सरकारले २०७१ मङ्सिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केबल नेटवर्कलाई इजाजत दिने कार्य बन्द गरिसकेको छ ।

आज देखि केबल टेलिभिजन बन्द हुने जस्ता विज्ञापन तथा सूचना प्रसारण भएकामा भने मन्त्रालयले खण्डन गरेको छ ।

यसअघि एनालग प्रविधिमा इजाजत प्राप्त केबल नेटवर्कलाई चरणबद्ध रुपमा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने नीतिअनुरुप आज वैशाख १५ गतेसम्ममा काठमाडाँै, ललितपुर र लेखनाथ पोखरा महानगरपालिका तथा विराटनगर र वीरगन्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित एनालग प्रविधिका केबल नेटवर्कले डिजिटल प्रविधिको स्थानीय प्रणालीमा रुपान्तरण गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुरुप ‘डिजिटल सिग्नल’ मात्र ग्राहकलाई वितरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यी क्षेत्रमा एनालग प्रणालीको हेडइन्ड भएका एनालग केबललाई सिग्नल वितरण नगर्नसमेत सिग्नल वितरकलाई मन्त्रालयले आग्रह गरेको छ । साथै सो क्षेत्रका केबल टिभी उपभोक्ताहरूलाई पनि आआफ्नो केबल टेलिभिजन डिजिटल प्रविधिमा रुपान्तरण नभएको भए केवल नेटवर्क सञ्चालकलाई जानकारी गराई गुणस्तरीय डिजिटल सिग्नल प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ