पूर्वलडाकुले पनि निर्वाचनको पर्यवेक्षण गर्ने

पूर्वलडाकुले पनि निर्वाचनको पर्यवेक्षण गर्ने

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा ४९ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ ।

आयोगमा निवेदन दिएका ६५ संस्थामध्ये पर्यवेक्षण निर्देशिका, २०७३ बमोजिम सबै प्रक्रिया पूरा गरेका ४९ सङ्घसंस्थाका ४९ हजार नौ सय ४७ जनालाई पर्यवेक्षण अनुमति दिइएको आयोगले जनाएको छ । यही वैशाख ३१ र आगामी जेठ ३१ गते हुने निर्वाचनको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), निर्वाचन पर्यवेक्षण मञ्च नेपाल, मानवअधिकार तथा शान्ति प्रतिष्ठान, आमनिर्वाचन पर्यवेक्षण समिति(जियोक)ले पर्यवेक्षणको अनुमति पाएका हुन् ।

नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद्, न्युज क्लब अफ नेपाल, नेपाल निर्वाचन पर्यवेक्षण सञ्जाल, सङ्कल्प–शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ललितपुर, निर्वाचन पर्यवेक्षण समिति नेपाल, मानव अधिकार संरक्षण मञ्च र औपचारिक क्षेत्र सेवा केन्द्र ((इन्सेक)ले पनि स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्नेछन् ।

विगतमा भएका निर्वाचनको पर्यवेक्षण गरी प्रतिवेदन बुझाएका १३ संस्थाले यस पटक अनुमति पाएका छन् भने ३६ नयाँ संस्था छन् । भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान, लोकतन्त्र र विकासका लागि सहकार्य, गैरसरकारी संस्था महासङ्घ, डेमोक्रेसी रिसर्च सेन्टर नेपाल, नेपाल मानवअधिकार सङ्गठन, विश्व शान्ति युवा सङ्घ नेपाल, राष्ट्रिय व्यवसायी पहल, नेपाल मतदाता अधिकार मञ्च र नेपाल बार एसोसिएसन नेपालले पनि अनुमति पाएका छन् ।

आयोगका अनुसार सामुदायिक विकास कार्यक्रम सिन्धुली, बागेश्वरी असल शासन क्लब, सहयोगी समाज नेपाल सर्लाही र बर्हिगमित पूर्वलडाकु नेपालले पनि पर्यवेक्षणको अनुमति पाएका छन् । निवेदन दिनेमध्ये नियोकले १२ हजार र निर्वाचन पर्यवेक्षण मञ्च नेपालले पाँच हजार छ सय ७७ तथा पूर्वलडाकु नेपालले तीन सय पर्यवेक्षक परिचालन गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ