गर्मीले जनजीवन प्रभावित, आजको तापक्रम ३८.२ डिग्री सेल्सियस

गर्मीले जनजीवन प्रभावित, आजको तापक्रम ३८.२ डिग्री सेल्सियस

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

मोरङ, बैशाख १४ ।
मोरङ र विराटनगरमा एकाएक अत्याधिक गर्मी बढेको छ । हावा पानी फील्डको कार्यालय विराटनगर विमानस्थल शाखाकाअनुसार आज विराटनगरमा अहिलेसम्मको उच्च तापक्रम रेकड भएको जनाएको छ । गर्मी सुरु भएयता विराटनगरमा आजको तापक्रम ३८.२ डिग्री सेल्सीयस रहेको छ ।

यसअघि मंगलबार ३६.४ डीग्री सेल्सीयस र सोमबार ३५.६ डिग्री सेल्सीयस तापक्रम रेकडभएको हावा पानी फील्डको कार्यलय विराटनगर विमानस्थलका शाखाले जनाएको हो ।

बाध्यताबस सर्वसाधारण तथा सरकारी कर्मचारी आ–आफनो कामकालागी मात्र निस्कीने गरेका छन् । गर्मीका कारण अस्पतालमा झाडापखाला, निमोनीया, डाईरीया, दमका बिमारी बढेको कोशि अञ्चल अस्पतालले जनाएको छ । दैनिक १५ देखि २० जनाको हाराहारीमा गर्मीको समस्याका कारण बिमारी भएर अस्पताल भर्ना हुने गर्छ ।

गर्मीबाट बच्न छाता, अथवा लामो बाहुला भएको तथा शरीर छोप्ने खालका कपडा लगाएर घामबाट बच्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ