काठमाडौं, बैशाख १४ ।
काठमाडौंमा युवाहरूले अर्धनग्न मौन जुलुस निकालेका छन् । नेपालको राष्ट्रिय पोशाकको माग गर्दै आज युवाहरूको टोलीले काठमाडौंस्थित माईतीघर मण्डलादेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेको हो ।
युवाहरूले खाली खुट्टाले हिडेर शरीरको तल्लो भागमा सालको पातले बेरेर जुलुस निकालेको हो । राष्ट्रिय पोशाक संरक्षण र पुर्नस्थापनाका लागि भन्दै युवाहरू सडकमा उत्रिएका हुन् ।
तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा दौरा सुरवाललाई राष्ट्रिय पोशाकबाट हटाइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline