काठमाडौं, बैशाख १४ ।
धादिङ जिल्लाको टिप्लिग गाउँमा उच्च हिमाली भेगबाट २१ वर्षीय ताइवानी नागरिक लियाङ शेग युएहलाई पदयात्राको क्रममा हराएको ४७ दिनपछि जिउँदै उद्दार गरिएको छ । उनका साथी १९ वर्षीय लिउ चेन चुनको तीन दिन अगाडि मात्र मृत्यु भएको जनाएको छ ।
उद्दारपछि लियाङलाई उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।अस्पतालका श्रोतकाअनुसार उनको स्वास्थ्य स्थिति खतरामुक्त रहेको बताएको छ ।
उनी पानी र नुनको भरमा रहेको थियो । उनको करिब ३० किलो तौल घटेको छ ।उनको कपालभरी जुम्रा परेको थियो भने एउटा खुट्टामा स्याउँस्याउँ किरा परेको जनाएको छ ।
उनीहरू गत फ्रेब्रुअरीमा नेपाल घुम्न आएका थिए । पछिल्लो पटक मार्च ९ मा धादिङमा भारी हिमपात परिरहेको समयमा त्यस क्षेत्रमा देखिएको थियो । उनीहरू दुई जना काठमाडौंनजिकै रहेको हिमाली क्षेत्रमा पदयात्रा गर्दै थिए ।