दैवको यो कस्तो कठोर मन…

दैवको यो कस्तो कठोर मन…

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

इटहरी, बैशाख १४ ।
आमाको मुख हेर्ने दिन अर्थात औँशीको दिन छोरीले आमाको मुख हेर्न आउला र रमाईलो गरौँला भनेर आशामा बसेकी एक आमाकी सन्तान आफूबाट सधैँका लागि टाढा गएपछि त्यो परिवारमा के बित्ला ? सोच्न कठिन छ तर, दैव संजोग नियतीले त्यस्तै खेल खेल्याे ।

सुनसरीको बराह नगरपालिका–१ निवासी पूर्ण तामाङकी नौ वर्षीया छोरी प्रकृति तामाङ बुधबार दिउँसो साढे २ बजेतिर सप्तकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा करिब सवा ४ बजेतिर बगेको स्थानदेखि दुई सय मिटर दक्षिणमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

नदीमा साथीहरूसँगै नुहाउने क्रममा बगेकी बालिकाको लासलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले मृत अवस्थामा फेला पारेर उनको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घटनाका विषयमा प्रहरीले स्थानीयबासीसँग सोधखोज एवं अनुसन्धान जारी राखेको पनि ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ