बिद्यार्थी संगठनले प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी गर्दै

बिद्यार्थी संगठनले प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी गर्दै

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं १२ बैशाख।
संयुक्त विद्यार्थी संगठनले आज प्याब्सन र एन प्याब्सनको जिल्ला तथा केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै छन् ।

निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आज निजी तथा आवासिय बिद्यालयको छाता संगठनका मुलुकभर रहेका कार्यलयहरुमा तालाबन्धी गर्न लागेका हुन् ।

राजधानीको डिल्लीबजार स्थित प्याप्सनको कार्यलयमा आज बिहान ११ बजे र कुपन्डोल स्थित एन प्याप्सनको कार्यलय सहित मुलुकभरका कार्यलयमा तालाबन्दी गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताउनुभयो ।

शुल्क बृद्धिको बिरोधकमा एक सातादेखि बिभिन्न आन्दोलन गर्दै आएका बिद्यार्थी संगठनहरुले यसअघि हिजो चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।

पहिलो चरणको आन्दोलनका कार्यक्रम आज सकिएपनि आजै बैठक बसि दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ