हराइरहेका दुई ताइवानी पर्यटक भेटिए, एक मृत फेला

हराइरहेका दुई ताइवानी पर्यटक भेटिए, एक मृत फेला

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

धादिङ, १३ वैशाख । गत फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ ।

लामो समयको खोजीपछि खोंचमा खसेर एकजना बेहोस भएको र अर्का एक जना मृत अवस्थामा फेला परेको गणेश हिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो । एक्काइस वर्षीय लाइङ सिङ युन अचेत अवस्थामा फेला परेको र १९ वर्षीया लिउ चेन चुनको निधन भएको छ ।

बुधबार बिहान रुबीभ्यालीअन्तर्गत पाल्दोर पिक जाने बाटोमा पर्ने नार्चेत खोलाको किनारमा महिला ताइवानी पर्यटक लिउको शव भेटेपछि सँगै रहेको वनमा पुरुष पर्यटक लाइङलाई पनि फेला परेको खोजीका लागि निस्किएका दावा तामाङले जानकारी दिनुभयो ।

अचेत अवस्थामा रहेका लाइङको उद्धार प्रयास भइरहेको छ । उनी भिरमा अड्किएकाले बाहिर निकाल्न केही समय लाग्ने बताइएको छ । भिरको माथिबाट चिप्लिएर लडेको खोल्चामा पुगेकी महिलाको मृत्यु भएको तथा बीचमै अड्किएका पुरुष बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको गुरुङले जानकारी दिनुभयो । उनीहरू बिना पथप्रदर्शक लाङटाङ क्षेत्रमा पदयात्रामा गएका थिए ।

लाङटाङ राष्ट्रिय निकुञ्जको अनुमति लिएर धादिङको तिप्लीङ क्षेत्रबाट उनीहरूको अन्तिम पटक परिवारसँग कुरा भएको परिवारले जनाएको थियो । उनीहरूको खोजीका लागि भारतमा रहेको ताइवानी दूतावासले पर्यटक प्रहरी इकाइमा निवेदनसमेत दिएको थियो । प्रहरीले भने लाङटाङ राष्ट्रिय निकुञ्जमा फागुन १० गते प्रवेश गर्ने अनुमति लिएको कागजात पाइएको बताएको थियो ।

गणेश हिमाल विकास समिति धादिङका अध्यक्ष तेज गुरुङका अनुसार ४७ दिनसम्म रुखमा अल्झिएर जीवितै रहेका लाइङ र मृत भेटिएकी लिउलाई हेलिकप्टर काठमाडौँ लैजाने प्रयास भइरहेको छ । एसियन ट्रेकिङ प्रालिमार्फत सदरमुकाम हुँदै फागुन २५ गते तिप्लिङको सो क्षेत्रमा पुगेको र होम स्टेमा बास बसेका उनीहरू हिमपात भइरहेको अवस्थामा निस्किएको बताइएको छ ।

यसैबीच, पौडी खेल्न गएका त्रिपुरासुन्दरी गाउँपालिका–४ का आठ वर्षीय एक बालकको आजै डुबेर मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–१२ पशुपतिमा बस्दै आएका कृष नेपाली आसी खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मी बढेकाले उनी साथीसँग पौडी खेल्न गएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ