सुरेन्द्र लामालाई रिहाई नगरे कडा संघर्ष गर्ने कम्युनिष्ट पार्टीको चेतावनी

सुरेन्द्र लामालाई रिहाई नगरे कडा संघर्ष गर्ने कम्युनिष्ट पार्टीको चेतावनी

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ ,१३ बैशाख ।

नेपाल कम्युनिष्ठ पार्टीले लगनखेलबाट पक्राउ परेका राष्ट्रिय युवा जनस्वयमसेवकका ललितपुर जिल्ला अध्यक्ष सुरेन्द्र लामालाई तत्काल रिहा गर्न माग गरेको छ ।

नेकपा ललितपुरका सेक्रेटरी विपिन र राष्ट्रिय युवा जनस्वयमसेवकका अध्यक्ष झकबहादुर मल्लले आज छुट्टाछुट्टै विज्ञप्ती जारी गरी लगनखेलबाट पक्राउ परेका लामालाई तत्काल रिहा गर्न माग गर्नु भएको हो ।

लामालाई गत बैशाख ११ गते दिँउसो ललितपुर जिल्ला अदालत परिषरमा आफ्नै निजी कामको शिलसिलामा गएको अवस्थामा साधा पोशाकधारी प्रहरीले गिरफ्तार गरेको थियो । । उनलाई हाल जिल्ला प्रहरी कार्यलय ललितपुरमा नै राखिएको छ ।

कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता बिरुद्ध अनावस्यक धरपकट , दमन र भ्रामक प्रचारबाजि गर्दै आएकोमा प्रहरीले सडकबाटै लामालाई पक्राउ गरिको प्रति पार्टीको गम्भिर ध्यानाकर्ष भएको पनि सेक्रेटरी विपिनद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्तीमा भनिएको छ , बिना कारण गरिएको गिरफ्तारीप्रति घोर भत्सना गर्दै उहाँको अबिलम्ब रिहाईका लागी हामि सम्बन्धीत पक्षलाई आग्रह गर्दछौ ।
लामालाई तत्काल रिहाई गर्नुका साथै यस्ता कार्य बन्द नगरिए कम्युनिष्ट पार्टी कडा संर्घषमा जाने समेत उहाँले चेतावनी दिनुभएको छ ।

 

यस्तै जनस्वयमसेवकका अध्यक्ष मल्लले पनि लामालाई तत्काल रिहाई नगरे संगठनले गर्ने संघर्षका कारण उत्पन्न हुने जुनसुकै परिणामको पनि जवाफदेही ललितपुर प्रहरी र प्रसासन हुने चेतावनी दिनुभएको छ ।

यसैबीच पार्टीले आज उहाँको रिहाईको माग गर्दै ललितपुरमा बिरोध कार्यक्रम समेत आयोजना गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ