कविता : आमा

कविता : आमा

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

आमा !
तिमीले जन्माएको पिँडी छैन
आज
तिमीले काखी च्यापेर सुताएको
तिम्रा हातले लिपेको
सुन्दर खाट छैन
मेरी आमा !
तिमीले मस्याङ झारेकी
अनि कोदो चुटेकी
आँगन छैन!
तिम्रो आकृति सम्झेर
मनका भावहरू
सङ्कलन गरिरहेछु
यतिखेर !
आज तिम्रो अनुहार हेर्न
कवितामा दगुरिरहेछु
हो आमा !
तिम्रो छोरो
देशको कवि भएर मर्ने छ
एकपटक हाँसिदेउन
सिमपानीको कुवा हेरेर
तिमीलाई हेरिरहेछु
घाँसका डोकाहरू
तिमीले पाएका थुप्रै पीडाहरू
मेरो सङ्ग्राहालयमा
सजाएर राखेको छु
मेरी आमा !
एकजोर कपडा किनेर दिन सकिन
एक थुँगा फूल दिन सकिन
नरौऊ है आमा !
फोहरी कुण्डमा गएर
घिनलाग्दो बाहुनलाई सिदा
मैले दान गरिन आमा
बरु मैले
तिम्रो सम्झनामा
कविता लेखेको छु
बाङ्गेडाँडाको
तिमीलाई मनपर्ने धँगेराको फेदमा
बसेर सुन
तिम्रो छोराको कविता
ठूलो पाखाबाट
घाँसा भारी बोकेर झरिरहेकी
मेरी आमा !
चिरबिरेको घट्ट भन्दा माथि
तिमी लडेका यादहरूले
तिम्रो सम्झनामा
कविता लेखेको छु
पढिदेऊ है
मेरी आमा ?
भैरबीसँग प्राथना गरेर
मेरो बोली फुटाउन
धेरै संघर्ष ग¥यौ
त्यसैले तिम्रो छोरो बोल्ने भएकोछ
मेरी आमा !
यतिबेला तिमी मसँग छैनौ
तापनि
तिम्रो सपनाहरू फुलाउँन
तिमीले सिँगारेको आँगन टेक्दैछु
आमा आमा !
आमा खुवाउने औँसीका दिन आमालाई सम्झेर २०७४ । १ । १३

–वैरागी जेठा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी