चालु आवमा ६.९४ प्रतिशतको आर्थिक वृद्धि

चालु आवमा ६.९४ प्रतिशतको आर्थिक वृद्धि

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, १३ वैशाख ।
चालु आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०.०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो ।

यस आवको छ देखि नौ महिनाको यथार्थ तथ्याङ्कको आधारमा र बाँकी महिनाको सामान्य अवस्था रहेको अवस्थालाई अनुमानमा कुल गार्हस्थ्य उत्पादन उत्साहजनक देखिएको हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार अनुकुल मौसमले गर्दा कृषि क्षेत्रको उत्पादनमा भएको बढोत्तरी, निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कट समाप्तिसँगै अर्थतन्त्रमा सुधार आएको हो ।

विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोग सचिवालयका सचिव चन्द्रकुमार घिमिरेले आर्थिक विकासको हिसाबले चालु आव अत्यन्त फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा ऊर्जा सङ्कट अन्त्य भएको र बन्द हड्ताल कम भएकाले अर्थतन्त्रमा सकारात्मक असर परेको हो ।”

कृषि क्षेत्रमा ५.२९ प्रतिशतको वृद्धि हासिल भएको छ भने गैरकृषि क्षेत्रमा ७.७४ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य मूल्यमा रु २२ खर्ब ९३ अर्ब ९८ करोड ९० लाख रहेको छ भने चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु २५ खर्ब ९९ अर्ब २३ करोड ४० लाख छ ।

चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण राष्ट्रिय लेखा अनुमान रु आठ खर्ब ७८ अर्ब ६० करोड ५० लाख अर्थात कुल गार्हस्थ्य उत्पादनको ३३.८ प्रतिशत रहने अनुमान गरिएको छ । यो पटक कुल स्थिर पुँजी निर्माणमा वृद्धि भएको हो । जुन गत आवमा २८.८ प्रतिशत थियो ।

चालु मूल्यमा अन्तिम उपभोग खर्च रु २३ खर्ब ३२ अर्ब ७४ करोड १० लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको ८९.७५ प्रतिशत रहने अनुमान छ । त्यस्तै चालु मुल्यमा वस्तु र सेवाको कुल निर्यात सालाखाला रु आठ खर्ब ३८ अर्ब ४६ कारोड ९० लाख मात्र रहनेछ ।

उपभोक्ता मूल्य सूचकाङ्क आधार वर्षमा सन् २०००÷२००१ लाई आधार वर्ष मान्ने हो भने ३२४.२२ रहेको छ । विप्रेषण आयतर्फ कुल रु सात खर्ब २६ करोड ३० लाख रहेको छ जुन कुल गार्हस्थ्य उत्पादन २६.९४ प्रतिशत हुन आउँछ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा रु ९० हजार ५२१ अर्थात ८५३ अमेरिकी डलर हासिल भएको छ ।

कृषि क्षेत्रमा आएको सुधारका कारणले, सरकारले मल बिउ, प्राविधिक सहायता र सिँचाइ पु¥याएकाले पनि यो परिणाम आएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमन अर्यालको दाबी थियो । उहाँले ऊर्जा क्षेत्र व्यवस्थामा सुधार आएकाले उत्पादन क्षेत्रमा ठूलो योगदान पुगेको बताउनुभयो ।

चालु आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २९.३९ प्रतिशत तथा गैरकृषि क्षेत्रले ७०.६३ प्रतिशतको योगदान भएको अनुमान गरिएको छ । त्यसैगरी यस आवमा २८.८९ प्रतिशत योगदान रहेको कृषि तथा वन क्षेत्रमा ५.२५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

विसं २०२१÷२२ देखि निरन्तर कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्दै आइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी