पोखराको सडक छेउ गाडेका खम्बाहरूले चिनको स्वशासित क्षेत्र जनाउँछ

पोखराको सडक छेउ गाडेका खम्बाहरूले चिनको स्वशासित क्षेत्र जनाउँछ

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

पोखरा, बैशाख ११ ।
नेपालको मुख्य पर्यटकीय गन्तव्य स्थल मानिने पोखराको सडक र सडक छेउ गाडेका खम्बाहरूमा चाइनिज र अंग्रेजीले लेखिएका अक्षरहरू देख्न सकिन्छ ।

चाइनिज र अंग्रेजी ठूल्ठूला अक्षरले लेखिएका सायद कमै व्यक्तिहरूले नोटिस गरेका होलान् । उक्त सडक छेउका खम्बाहरूमा ‘तिब्बत, अटोनोमस रिजन चाइना’ लेखिएको छ । यसको अर्थ हो तिब्बत चाइनाको स्वसासित क्षेत्र हो भनेका छन् ।

पोखरा चिनको स्वशासित क्षेत्र हो र ? हैन भने किन यस्तो लेखियो तिब्बतको कुनै शहर हो यो ? त्यही शहरमा भएका खम्बामा यो शब्द लेखिएको होला भनेर ठान्नु भएको छ भने गलत हुनेछ । किन भने पोखराका सडक छेउमा खम्बाहरू गाडिएको छ, न त यो तिब्बत हो, न त चाइनाको स्वसासित क्षेत्र नै हो । यो त हाम्रो देशको पर्यटकीय नगरी पोखराको दृश्य हो । तर हाम्रो देशमा किन तिब्बत चिनको स्वसासित क्षेत्र भन्दै तिब्बतको कुनै भूभाग जस्तै प्रचार–प्रसार गरिएको होला । यो प्रश्न आम नेपाली जनताको हो ।

सडक छेउमा भएका खम्बाहरू सोलार बत्तीका हुन् । पोखरालाई रातिमा पनि झिलिमिली पार्ने उद्देश्यले चिन सरकारको सहयोगमा पोखरा लेखनाथ महानगरपालिकाले यी सोलार बत्ति जडान गरेको हो । हो यो विकासे काम प्रशंसा योग्य नै छ तर खम्बामा लेखिएको ति शब्दले भने अर्कै अर्थ पनि दिन खोजेको जस्तो भान भएको छ । अझ त्यसमा पनि पोखरा आउने बिदेशी पर्यटकले ति शब्द पढ्यो भने त्यसले कस्तो अर्थ लाग्ला ?

यति गम्भीर कुरा हाम्रा सरकारले किन ख्याल गरेन ? उक्त खम्बामा कि त सौजन्य भनेर लेखिनु पथ्यो कि त चाइनामा बनेको भनेर लेखिएको हुनुपथ्यो तर लेखिएको छ अर्कै शब्द ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ