काठमाण्डौ, बैशाख १२ । नेपाल कम्युनिष्ट पार्टिले एकिकृत जनजागरण तथा प्रतिरोध अभियान अभियान अन्तर्गत काठमाण्डौमा प्रदर्शन गरेको छ ।
दलाल संसदीय व्यवस्था विरुद्धको प्रदर्शन नाम दिईएको प्रदर्शनपछिको आजको सभालाई शान्तिबाटिका सम्बोधन गर्दै पार्टिका स्थायी समिती सदस्य धर्मेन्द्र बास्तोताले स्थानिय तहको निर्वाचन कुनै हालतमा सफल नहुने बताउनुभयो ।
दलाल संसदीय व्यवस्थालाई जोगाउनका लागि चुृनाव हुन लागको भन्दै निर्वाचन जनताको पक्षमा नभएको उहाले स्पष्ट पार्नुभयो ।
कथित निर्वाचन विदेशि शक्तिकै ईशारामा हुन लागेको आरोप लगाउँदै बास्तोलाले संसदीय व्यवस्था रहेसम्म मलुक स्वाधिन नहुने पनि बताउनुभयो ।
करिब १७ हजार जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रलाई मुलुक चलाउनेहरुले धरापमा पारेको उहाँको आरोप छ ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्र्दै स्थायी समिती सदस्य हेमन्त प्रकाश ओलीले जनताको हितमा नरहेको आसन्न निर्वाचनलाई बहिष्कार गर्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले शान्तिपुर्ण जुलुस तथा प्रदर्शनका कार्यक्रमलाई सरकारले प्रहरी प्रशासन परिचालन गर्दै बारम्बार अवरोध गरि मानव अधिकारलाई दबाईरहेको समेत बताउनुभयो ।
त्यस्तै सभालाई समापन गर्दै स्थायी समिती सदस्य सन्तोष बुढाले जनसत्ता निर्माणका लागि देशभक्त नागरिक संगठित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
यसैविचै नेकपा माओवादीले भोली काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि जनवादी गायकहरुलाई सम्मान गर्ने बताएको छ ।
कार्यक्रममा जनवादी गायक जेबि टुहुरे, खुसिराम पाख्रिन, जीवन शर्मालगायत सम्मानित हुनुहुने सभामा जानकारी गराएको छ ।
