दोस्रो चरणको निर्वाचन तालिका हेरफेरका लागि मुस्लिम समुदायको आग्रह

दोस्रो चरणको निर्वाचन तालिका हेरफेरका लागि मुस्लिम समुदायको आग्रह

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, बैशाख १२ ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी मुस्लिम समुदायसँग गरिएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको हो ।

गठबन्धनले राष्ट्रिय सभाको विशेषाधिकारका रूपमा सरकारले छुट्याएको अल्पसंख्यक, दलित र विभिन्न जातजातिका लागि आरक्षित कोटामा मुस्लिम समुदायलाई बेवास्ता गरेको आरोप गठबन्धनले लगाएको छ ।

सरकारले राष्ट्रियसभाको विशेषाधिकारअन्तर्गत २१ सदस्य विभिन्न प्रदेशबाट प्रतिनिधित्व हुने गरी दलित र अल्पसंख्यकका लागि छुट्याएको छ ।

जेठ १३ गतेदेखि मुस्लिम समुदायको एक महिने मुख्य पर्व रामजानको रोजा ब्रत शुरु हुने भएकाले दोस्रो चरणको निर्वाचन कार्यतालिका हेरफेर गर्न सरकारसँग गठबन्धनले आग्रह गरेको हो । व्रतको समयमा निर्वाचनमा मुस्लिम समुदाय उम्मेद्वार बन्न र मत हाल्न बन्चित हुने गठबन्धनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ