विवाहपञ्चमीमा राष्ट्रिय बिदा माग

विवाहपञ्चमीमा राष्ट्रिय बिदा माग

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

जनकपुरधाम, बैशाख १२ ।
धार्मिक, सांस्कृतिक र संस्कारका दृष्टिले महत्वपूर्ण मानिएको जानकी नवमी र जानकी विवाह पञ्चमीका दिन राष्ट्रिय बिदाको माग गरिएको छ ।
जनकपुरधाममा आज बसेको सर्वपक्षीय भेलाले सो माग गर्दे जानकी नवमीलाई सरकारी र निजीस्तरबाट भव्य किसिमले मनाउनुपर्नेमा जोड दिएको छ ।

भेलाले राष्ट्रिय विभूति सीताको जन्म र विवाहका दिनमा सरकारीस्तरबाट हालसम्म कुनै कार्यक्रम र सहयोग प्राप्त नभएका कारण जनकपुरधाम धार्मिक पर्यटकीय दृष्टिकोणले पछाडि परेकाले उक्त दुवै दिनमा सरकारीस्तरबाट पनि सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।

भेलाले यही बैशाख २१ गते हुने जानकी नवमी महोत्सव नौ दिनसम्म मनाउने निर्णय पनि गरेको छ । जानकी नवमीका अवसरमा बधाई गान, दूधमति शाही स्नान, जानकी जन्मोत्सव, शोभा यात्रा, जानकी कथा प्रवचन, जानकी जन्मविवाह सांस्कृतिक कार्यक्रम, विशेष जानकी आरती, छठिहार र दीपोत्सव मनाउने निर्णय पनि गरिएको छ ।

भेलामा मान महन्त जगन्नाथ दास, जानकी मन्दिरका महन्त रामपतेश्वर दास, प्रजिअ दिलीप चापागाईं, जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार, सङ्घसंस्थाका प्रतिनिधि र सुरक्षाकर्मीले उत्सवलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सबैको सहयोगको आवश्यकतामा जोड दिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ