राजविराज, १२ वैशाख ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका– १ स्थित सीतापुरमा भ्यान र यात्रुबाहक बस ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भ्यानमा रहेका सोही गाउँपालिका– ३ का २५ वर्षीय ओमप्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नम्बरको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको को १ ज १५५१ नंको भ्यानमा ठोकिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको हो ।
अर्का घाईते सीतापुरकै रवीन्द्र चौधरीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline