बहुभाषिक चलचित्र हिमआधी बन्ने

बहुभाषिक चलचित्र हिमआधी बन्ने

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

वैशाख ११, भक्तपुर  । बहुभाषिक चलचित्र हिमआँधी बन्ने भएको छ । भक्तपुरमा सोमबार पत्रकार सम्मेलन गरी चलचित्र निर्माण सम्बन्धिको जानकारी गराएको हो ।
नेपालभाषा, नेपाली, अंगे्रजी तथा चिनियाँ भाषामा एकै साथ चलचित्र निर्माण हुने महाजु फाउन्डेसनका अध्यक्ष ओमचरण अमात्यले जानकारी गराए । करिव ३ करोडको लागतमा निर्माण हुने चलचित्र नेपालभाषा साहित्य जि वया ला लच्छि मदुनीमा आधारित हुनेछ ।
थप सामग्रीको रुपमा कमलरत्न तुलाधरको क्याराभान टु ल्हासा तथा मोतीलक्ष्मी शाक्यको जिं खनाथें लगं त्वाः किताबलाई आधारित गरेको समेत उहाँले जानकारी दिए । चलचित्रको पटकथा देखि सम्पूर्ण निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाउँदै आउँदो जेठ मसान्तमा सुटिङ शुरु हुने समेत उहाँले जनाए ।
तत्कालिन नेपालबाट तिब्बत सम्म पुगेर नेपालीहरुले व्यापार गर्ने, दुई देशबीचको दौत्य सम्बन्ध कायम भएको देखि मायाप्रेम सम्बन्धिको कथाबस्तुलाई चलचित्रमा प्रस्तुत गरिनेछ ।

चलचित्रलाई युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गर्ने भएको छ । कार्यक्रममा बोल्दै युवा निर्देशक खड्गीले मौलिम विषयबस्तुलाई अन्तराष्टिय स्तरमा प्रचार गर्न सोही अनुरुपको प्रविधि तथा भाषा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
९० प्रतिशत भिएफएक्स प्रविधि प्रयोग गरेर बनाएको ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी निर्देशन गरिसकेका खड्गीले हिमआँधीमा पनि सोही प्रविधि प्रयोग हुने जनाए ।
चलचित्रमा निक्की महर्जन, सुशील राजोपाध्याय, मन्जु श्रेष्ठ, सुरजवीर व्यञ्जनकार लगायतको मूख्य भूमिका रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी