एमालेले गर्यो संसद बैठकमा अबरोध

एमालेले गर्यो संसद बैठकमा अबरोध

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमान्डौं बैशाख १२ ।
प्रमुख प्रतिपक्षी एमालेले आजको ब्यावस्थापिका संसद बैठक अबरुद्ध गरेको छ ।

निर्वाचनको मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन खाजेको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।

स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन खण्डित हुने गरी विभिन्न जिल्लामा कोटा बाडेर परिपत्र गरेको एमालेको आरोप छ ।

आजको बैठक सुरुहुनेबित्तिकै समय लिएर बोल्दै एमाले सांसद गंगालाल तुलाधरले स्थानीय तहको संख्या बढाउन खाजेको विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने बताएपछि एमाले सासंसदहरु आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए ।

उहाँले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही जिल्लामा स्थानीय तहको संख्या बढाउन परिपत्र गरेको विषय सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सभामुख ओनसरी घर्तीले प्रतिपक्षी दलका सांसदलाई बस्न आग्रह गरेपनि सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आजको बैठकमा सरकारले हिजो सदनमा पेश गरेको दोस्रो संविधान संशोधनका विषयमा सैद्धान्तिक छलफल गर्ने कार्यसुची थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ