विद्यार्थी संगठनहरुद्धारा शिक्षा कार्यालयमा धर्ना

विद्यार्थी संगठनहरुद्धारा शिक्षा कार्यालयमा धर्ना

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं १२ बैशाख, ।
शुल्क वृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले आज मुलुकभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शन सहित धर्ना कार्यक्रम गर्दै छन् ।

निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको भन्दै विभिन्न ९ विद्यार्थी संगठनले विहान १० देखि ११ बजेसम्म एक घण्टा शिक्षा कार्यालय घेराउ गर्ने भएका हुन् । संयुक्त विद्यार्थी संगठनले नीजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम गर्ने पनि जनाएका छन् ।

सो विषयमा सरकारको ध्यानाकर्षण गराए पनि बेवास्ता गरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताउनुभयो ।

विद्यार्थीको घोषित कार्यक्रम अनुसार भोली चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गरिने र पर्सी १४ गते प्याब्सन र एन प्याब्सनको जिल्ला तथा केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने लगायतको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यसअघि मापदण्ड विपरित संस्थागत विद्यालयले बढाएको शुल्क तीन दिन भित्र फिर्ता गर्न शिक्षामन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी