व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमान्डौं, बैशाख १२ ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । बैठक नयाँवानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सरकारले हिजो सदनमा पेश गरेको दोस्रो संविधान संशोधनका विषयमा सैद्धान्तिक छलफल गर्ने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहितका तराइ केन्द्रित दलको माग संबोधन गर्न सरकारले पेश गरेको संशोधन विधेयक माथि आज देखि सैद्धान्तिक छलफल हुन लागेको हो ।

सदनले सो संशोधन विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पारित गरेपछि सांसदहरुले संशोधनका लागि ७२ घण्टाको समय पाउने छन् । उक्त समयमा सत्ता पक्षका प्रमुख सचेतक मार्फत सरकारले तराई केन्द्रित दलसँग गरेको संशोधन प्रस्तावमा परिमार्जन गर्ने तयारी गरेको छ ।
सरकार र मधेश केन्द्रीत दलहरुबीच भएको सहमतिको प्रमुख प्रतिपक्षी एमालेले भने बिरोध गरेको छ । दोस्रो संविधान संशोधन विद्येयक यसभन्दा भन्दा पनि खतरनाक भएको भन्दै आजको संसद बैठक अवरुद्ध गर्ने एमाले नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ