बेनीघाट–लापुभिर–माछाखोला–लार्के–तिब्बत सडक शिलान्यास

बेनीघाट–लापुभिर–माछाखोला–लार्के–तिब्बत सडक शिलान्यास

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

धार्चे (गोरखा), १२ वैशाख । बेनीघाट–आरुघाट–लार्के–तिब्बत सडकअन्तर्गत हावाडाँडा–लापुभिर खण्डको लापुभिरमा बम बिस्फोट गरी मार्ग खोल्ने काम औपचारिक रुपमा सुरुआत भएको छ ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडक प्रधानसेनापति राजेन्द्र क्षत्रीले धार्चे गाउँपालिकाको लापुभिर पुगेर हिजो  शिलान्यास गर्दै सेनाले तोकिएको समय तीन वर्षभित्र मार्ग खुलाउने काम गरिसक्ने बताउनुभयो । लापुभिरको पहरा फुटाउन नसक्दा जिल्लास्थित एघारकिलो भालुस्वाँरा सडक कार्यालयले पाँच वर्षदेखि सडक निर्माण अघि बढाउन सकेको थिएन ।
हावाडाँडादेखि लापुभिर, माछाखोला हुँदै लार्के जोड्ने करिब ८३ किमी मार्ग खुलाउने जिम्मा सेनाले पाएको हो । मनास्लु पदमार्ग हुँदै सडक निर्माण सुरु भएपछि पदमार्गको विकल्पमा मान्वु गाउँको बाटो प्रयोग गरिएको छ । बटुवा, पर्यटक र खच्चर सोही बाटो आवतजावत गर्छन् । सो सडक निर्माण हुँदा उत्तरी गोरखाका लापु, उहिया, गुम्दा, काशीगाउँ, केरौंजा, सिर्दिबास, बिही, प्रोक, ल्हो र सामागाउँका बासिन्दाले यातायात सेवा पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी