पत्रकार अजय देशारमाथि आक्रमण , घटनाको सर्वत्र बिरोध

पत्रकार अजय देशारमाथि आक्रमण , घटनाको सर्वत्र बिरोध

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ ।

नेपालका प्रसिद्ध कलाकार तथा फोटोपत्रकार अजय देसारमाथि नख्खिपोटमा साँघातिक हमला भएको छ ।

ललितपुरको चापागाउं स्थित निवासवाट मंगलवजार आउने क्रममा स्कुटरमा सवार दुईजना युवाहरुले देसारमाथि आक्रमण गरेका हुन् ।

चार बर्षकी छोरीलाई घरवाट स्कुल पुर्याउने क्रममा नखिपोट लाइननिर पुग्दा स्कुटरमा सवार दुईजना स्थानीय युवाहरुले देसार सवार स्कुटरलाई च्यापेपछि भएके सामान्य विवादका क्रममा देसारमाथि सुनियोजित रुपमा कुटपिट भएको हो ।

दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीमध्ये बा ६३ प ९८४ नम्बरको स्कूटरमा आएका आक्रमणकारीको फोटो समेत खिचिएको छ ।  हमलाकारहरुले देसारमाथि मुक्का प्रहार गरेको बताईएको छ ।

हमलाकार र उनको स्कुटर

यसवारेमा पिडित देसारले चापागाँउ प्रहरी र सातदोवाटो प्रहरीलाई जानकारी दिएर हदैसम्मको कारवाही सहितको जाहेरी दिइसकेको जनाएका छन् ।

कलाकार तथा फोटोपत्रकार देसारमाथिको हमलाको सर्वत्र निन्दा भएको छ। नेपाल पत्रकार महासंघ ललिपुरले घटना भएकै दिन विज्ञप्ती निकाले घटनाप्रति घोर भत्सना गर्दै दोषिमाथि कार्वाहिको माग गरेको छ ।

महासंघ नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गर्ने पत्रकारमाथि भएको आक्रमण, क्यामेरा तोडफोडको कडा शब्दमा भत्र्सना गर्दछ । पत्रकार देशारको शीध्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणकारीको खोजी गरी कारवाही गर्न माग गर्दछ । साथै महासंघ पत्रकारलाई निर्वाध र निर्भीक पत्रकारिताको वातावरण निर्माण गर्न प्रशासनको ध्यानाकर्षण गराउँदछ ,विज्ञप्तीमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ