आगलागीमा परी एकै घरका तीन बालबालिकाको मृत्यु

आगलागीमा परी एकै घरका तीन बालबालिकाको मृत्यु

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बाँके, बैशाख ११ ।
बाँके जिल्लाको डडुवा गाउँपालिका–१ होलियाको कुडुवागाउँमा आगलागी हुँदा एउटै घरका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

गएराति १२ बजे छिमेकीको घरमा लागेको आगलागीमा परी छ वर्षीया बालक पवन मुराउ, आठ वर्षीय बालिका राधना मुराउ र १० वर्षीय बालिका सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जनाएको छ ।

उक्त आगोलागीबाट त्यस गाउँका नौ घर र दुईवटा गोठ जलेर नष्ट भएको छ भने करिब  दश लाख बराबरको क्षति भएको अनुमान लगाएको छ ।

आगोलाई स्थानीयवासीलगायत, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस टोलीको सहयोगमा करिब ५ घन्टापछि नियन्त्रणमा आएको जनाएको छ । आगलागीपछि नौ घरलाई प्रतिपरिवारलाई दश हजार दरले राहत वितरण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ