अनामनगरमा बाटो काट्ने क्रममा पूर्व गृहसचिव पद्‍मराज सुवेदीको मृत्यु

अनामनगरमा बाटो काट्ने क्रममा पूर्व गृहसचिव पद्‍मराज सुवेदीको मृत्यु

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

११ बैशाख ,काठमाडौं । काठमाडौंको अनामनगरमा बाटो काट्ने क्रममा पूर्व गृहसचिव पद्‍मराज सुवेदीको मृत्यु भएको छ ।

काठमाडौंको अनामनगरस्थित बाजेको सेकुवा अगाडिपट्टी रहेको जेब्रा क्रसबाट बाटो काट्ने क्रममा ७९ वर्षीय सुबेदीलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

अनामनगरबाट हनुमानथान तर्फ आउँदै गरेको बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले बताएको छ ।मोटरसाइलकको ठक्करबाट घाइते सुवेदीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकल चालक त्रिपुरेश्वर बस्ने बिवेक बस्नेतलाई नियन्त्रणमा लिएको छ। सुवेदी अनामनगरस्थित आफ्नै घरमा बस्दै आएका थिए।

सरकारी सेवाबाट अवकाश लिएपछि सामाजसेवामा सक्रिए सुवेदीले नै अनामनगरको क्षेत्रको नामाकरण गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ