काठमाडौ ११ वैशाख । नेपाल पत्रकार महासंघ काठमाडौंको दशौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचन अहिले मतगणना भइरहेको छ ।
मतगणना कार्य अन्तिम चरणमा पुगेकाले परिणाम अहिले केहिवेरमै सार्वजनिक हुने बताइएको छ । हिजो भएको निर्वाचनमा दुइ प्यालनविच कडा प्रतिस्पर्धा भएको देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार अध्यक्ष्मा प्रेस सेन्टरका रामकृष्ण अधिकारीलाई पछि पार्दै प्रेस चौतारीका शान्तराम बिडारी ९ मतले अगाडि रहनु भएको छ । यस्तै सचिवमा मोहन पन्त २१ मतले अगाडि हुनुहुन्छ भने सहसचिवमा रामशरण माझिले २४ मतले अग्रता लिनु भएको छ ।मतगणाना जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
