टिपर र जिप दुर्घटना हुँदा सात जनाकाे मृत्यु

टिपर र जिप दुर्घटना हुँदा सात जनाकाे मृत्यु

  • आइतवार, बैशाख १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

पाल्पा, १० वैशाख । पाल्पाको तिनाउ गाउँपालिका–३ भलायवासमा आज टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन आउँदै गरेको लु १ ख ९०३१ नं को टिपर दुर्घटना हुँदा टिपर चालक तिनाउ गाउँपालिका–६ का २७ वर्षीय पुरन सारु, उहाँका श्रीमती २४ वर्षीया बालकुमारी, पाँच वर्र्षीय छोरा हेमेस र सोही स्थानका २२ वर्षीय बिमल कनौजेकोे घटनास्थलमै मृत्यु भएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिनुभयो ।
टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यस्तै  मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको से १ ज ६३९ नं को जिप आज दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गौमुल गाउँपालिका–६ का लाली रोकाया र वडा नं ४ मानोकोटका १६ वर्षीय रकेट रोकाया र सोही वडाका ५९ वर्षीय गङ्गबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।

जिप दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको मार्तडीमा उपचार भइरहेको छ । मार्तडीबाट यात्रु लिएर घटमुना जाँदै गर्दा उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ