चितवन, बैशाख १० ।
एकाबिहानै आज चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा एक आपसमा ट्रक ठोक्किँदा एकको घटनास्थलमा नै ज्यान गएको छ भने अरू पाँच जना घाइते भएका छन् ।
मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक आज बिहान करिब ६ बजेतिर ना. ५ ख ९१९० नम्बरको ट्रक विपरीत दिशाबाट आउँदै गरेको बा. २ ख १९५८ नम्बरको ट्रक तीब्र गतिमा आउँदै गर्दा एकआपसमा नराम्रोसँग ठोक्किएको हो ।
उक्त दुर्घटनामा परी बा. २ ख १९५८ नम्बरको ट्रक चालकको ट्रकमा च्यापिएर घटनास्थलमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी रहेको छ ।
यसैगरी, ना. ५ ख ९१९० नम्बरको ट्रक चालकसहित पाँच जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि धादिङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline