मुस्ताङ ,वैशाख ९ ।
तीर्थयात्री सवार बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।
जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि मुक्तिक्षेत्र गाउँपालिका ४ झारकोटमा दुर्घटनामा परेको हो ।
बसले थिचिएर ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । गम्भिर घाईतेको काठमाण्डौमा उपचार भईरहेको छने अन्यलाई जिल्ला अस्पताल जोमसोममा नै राखिएको छ ।
दुर्घटनास्थल सदरमुकाम जोमसोमबाट २३ किमि उत्तरमा पर्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline