स्थानीय तहको चुनावको लागि एघार जिल्लाका सुरक्षा प्रमुखको बैठक काभ्रेमा

स्थानीय तहको चुनावको लागि एघार जिल्लाका सुरक्षा प्रमुखको बैठक काभ्रेमा

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काभ्रे, बैशाख ८ ।
बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि एघार जिल्लाका प्रमुखहरूको बैठक काभ्रेको धुलिखेलमा सुरु भएको छ । उक्त बैठक निर्वाचनमा खटिएका सुरक्षा निकायलाई निर्देशन गर्न र जिल्लामा रहेको सुरक्षाको तहको जानकारी लिन आयोजना गरिएको हो ।

सो बैठकमा काभ्रेलगायत काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, रसुवा,धादिङ, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको सहभागीता रहेको छ ।

बैठकको सुरुवातमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सुरक्षा निकायलाई सुरक्षाको प्रबन्ध गर्न, निर्वाचनमा राजनैतिक प्रकृयाको सहजीकरण गर्न र उच्च मलोबलमा साथ आफ्नो जिम्मेवारी पुरा गर्न सबैलाई आग्रह गरेका छन् ।

उनले कानुनी अड्चन बाहेकका मापदण्ड मिचेर भएपनि सुरक्षालाई विश्वसनीय वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने बताए । उक्त कार्यक्रममा गृह मन्त्रालयका प्रबक्ता बालकृष्ण पन्थीले समग्र जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएर आवश्यक निर्देशन दिने बताएका छन् ।

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले पनि उक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ