ट्रिपरको ठक्करले २६ वर्षीय स्कुटर चालकको निधन

ट्रिपरको ठक्करले २६ वर्षीय स्कुटर चालकको निधन

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

भक्तपुर, बैशाख ८ ।
भक्तपुर नगरपालिका कमलविनायकबाट व्यासीतर्फ आउँदै गरेको बा. १ क ३५५९ नम्बरको ट्रिपरले व्यासीबाट कमलविनायकतर्फ जाँदै गरेको बा. ८२ प ८४७३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने २६ वर्षीय राकेश खाइजु रहेका छन् । घाइते खाइजुको इवामुरा मेमोरियल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।

प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–१३ दरबार स्क्वायर घर भई हाल भक्तपुर–८ लिवाली बस्ने ५१ वर्षीय हरिकृष्ण बासी र सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ