निर्वाचन रोक्न माग गर्दै दमकमा लिम्बुवानको लाठी जुलुस

निर्वाचन रोक्न माग गर्दै दमकमा लिम्बुवानको लाठी जुलुस

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

दमक, बैशाख ७ ।
झापाको दमकमा कुमार लिङ्देनको नेतृत्व रहेको संघीय लिम्बुवान मञ्चको नेतृत्वमा विभिन्न पार्टी तथा संघसंगठनको आयोजना रहेको कार्यक्रममा लाठी जुलुस भएको छ ।

आज झापाको दकममा भएको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरे तापनि त्यो असफल भएको छ ।

सयौंको संख्यामा रहेका प्रर्दशनकारीहरूले निर्वाचन रोक्न माग गर्दै कडा नाराबाजीसमेत गरेका थिए । दमक चौकबाट सुरु गरिएको जुलुसले दमक पूरै परिक्रमा गरेको थियो ।

जुलुस निकाल्ने बित्तिकै सुरुवातमा प्रहरीले गणतन्त्र चौकमा हस्तक्षेप गर्न खोजेपनि असफल भएको थियो । त्यसपछि फर्कने क्रममा पशुहाटको मुखमा हस्तक्षेप गर्न खोज्दा त्यहाँ लछारपछार भएपनि र्‍याली अगाडि बढाइएको थियो । लाठी जुलुसको नेतृत्व गरेका कुमार लिङ्देनलाइ कार्यकर्ताहरूले सुरक्षा दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ