मन्त्रिपरिषद् बैठकले तोक्यो म्यादी प्रहरीको सेवा सुविधा

मन्त्रिपरिषद् बैठकले तोक्यो म्यादी प्रहरीको सेवा सुविधा

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, बैशाख ७ ।
सरकारले स्थानीय चुनावका लागि भर्ना भएका म्यादी प्रहरीका लागि सेवा सुविधा तोकेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले म्यादी प्रहरीलाई ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ । गृह मन्त्रालयले तोकिदिएको मापदण्डअनुसार म्यादी प्रहरीले आफै पोशाक सिलाउनुपर्ने छ । यो सुविधाअनुसार पोशाक भत्ताको रूपमा थप ७ हजार एक सय रुपैयाँ पाउँने भएका छन् ।

निर्वाचनमा खटिँदा सात दिन उनीहरूलाई थप बिशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरूले प्रतिदिन दुई सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यसैगरी निर्वाचन समयसम्म प्रतिदिन दुई सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्चको पनि व्यवस्था गरिने भएको छ ।

यस्तै सरकारले निर्वाचनका बेला कुनै घटना दुर्घटना भएमा म्यादी प्रहरीका लागि ५५ दिने बिमाको व्यवस्था गरेको छ । निर्वाचन अवधिभर प्रतिम्यादी प्रहरी दुई लाख बराबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।

निर्वाचनमा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा दुई लाख क्षतिपूर्ति पाउनेछन् भने निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी बिरामी परेमा एक लाख ५० हजारसम्मको उपचार खर्च पनि सरकारले दिने व्यवस्था गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ