चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन” को भिडियो सार्वजनिक

चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन” को भिडियो सार्वजनिक

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन”  को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ ।

यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए ।

यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए ।  कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी