सिन्धुलीको पिपलभञ्ज्याङमा सुमो दुर्घटनामा दुईको मृत्यु, सात घाइते

सिन्धुलीको पिपलभञ्ज्याङमा सुमो दुर्घटनामा दुईको मृत्यु, सात घाइते

  • बुधबार, बैशाख ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

सिन्धुली, ६ वैशाख । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको पिपलभञ्ज्याङमा आज एक सुमो गाडी दुर्घटना हँुदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

काठमाडाँैबाट बर्दिबासतर्फ जाँदै गरेको ना १ ज ५४४४ नंको सुमो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ ।

मृत्यु हुनेमा जयकुमार यादव र सरोज मण्डल रहेका छन् । तर उनीहरुको ठेगाना भने खुल्न सकेको छैन ।

दुर्घटनामा धनुषा बलबखर–१ निवासी १९ वर्षीय जितनारायण यादव, सोही ठाउँकै ४० वर्षीय आश्विन यादव, सोही ठाउँकै २० वर्षीय सुरेन्द्र राय यादव र बलबखर–८ निवासी राकेश यादव घाइते भएका छन् । गम्भीर घाइते धनुषाकै सपही–२ निवासी २२ वर्षीय रामवरण मण्डललाई वीरअस्पताल, काठमाडौँमा उपचारका लागि पठाइएको छ ।

अन्य चारजनाको भने सिन्धुली अस्पतालमा उपचार भइरहेको, तीनजनाको घटनास्थलबाट उद्धार गरी बर्दिवासतर्फ उपचारका लागि पठाइएको छ । उनीहरु वैदेशिक रोजगारीका लागि काठमाडौँतर्फ गएकामा उडान नभएपछि धनुषातर्फ फर्कनलागेका थिए ।

दुर्घटनामा घाइते भएकालाई सिन्धुली अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब निरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिनुभयो ।

घटनास्थलमा नै ज्यान गुमाएका दुईजना पुरुषको टिकटका आधारमा नाम खुलेपनि ठेगाना खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सुमो घुम्तीबाट करिब तीनसय मिटर तल खसेको छ ।

रातु कमलामाई यातायात सेवा समितिको सो सुमो गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ