खाडी मुलुकमा गएका कामदारहरू नेपाल आए फर्कन नपाउने

खाडी मुलुकमा गएका कामदारहरू नेपाल आए फर्कन नपाउने

  • बुधबार, बैशाख ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, बैशाख ६ ।
खाडी मुलुकमा काम गर्न गएका घरेलु कामदार बिदा मनाउन नेपाल आए अब जान नपाउने भएका छन् । संसद्को श्रम समितिले निर्देशन दिएपछि सरकारले गत चैत्र २२ गतेदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ ।

श्रम स्वीकृति र भिसा लिएर उड्न ठिक्क परेका घरेलु कामदारहरू गत चैत्र २२ गतेदेखि युएई लगायतका खाडी मुलुकमा जान पाएका छैनन् । श्रम स्वीकृति, घरेलु कामदारको भिसा, पर्यटक भिसा लगाउने मात्र होइन घरेलु कामदारमा गएर बिदा मनाउन नेपाल आएकाहरूलाई पनि रोक लगाएको छ ।

त्यसरी जानेहरूलाई श्रम कार्यालयले श्रम स्वीकृति नविकरण गर्ने गरेको छैन् । पर्यटक भिसा लगाएकाहरूलाई भने त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले रोकेका छन् । घरेलु कामदार जान रोक लगाएपछि सरकारको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

यस विषयमा वैदेशिक रोजगार विभागले श्रम समितिको निर्देशनपछि घरेलु कामदार पठाउन रोक लगाएको जनाएको छ । विभागका महानिर्देशक विश्वराज पाण्डेले घरेलु कामदारमा रोक लगाउ भन्नासाथ रिइन्ट्री, वैध तथा अवैध सबैबाटोबाट जाने पर्ने र कानुनले सबैलाई एउटै एउटै ठाउँमा राखेर व्यवहार गर्नुपर्ने हुँदा बिदामा आएकाहरूलाई श्रम स्वीकृति नबिकरण नदिइएको बताएका छन् ।

अहिले पनि मासिक १२ सयजति घरेलु कामदार अवैध बाटोबाट विदेश जाने गरेको छ । कुवेतमा ६ हजारभन्दा बढी, युएईमा २५ हजार, साउदीमा ४० हजार, जिसिसि राष्ट्रमा एक लाख ५० हजार जति घरेलु कामदार रहेको घरेलु कामदार सरोकार समितिले जनाएको छ । विदेश पुगेका अधिकांश घरेलु कामदार अवैध तरिकाबाट त्यहाँ पुगेको समितिले दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ