क्यान्सर बिरामीको उपचारका लागि सरकारले सहयोग गर्ने मन्त्री थापाको भनाई

क्यान्सर बिरामीको उपचारका लागि सरकारले सहयोग गर्ने मन्त्री थापाको भनाई

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, बैशाख ५ ।
क्यान्सरका बिरामीको उपचारका लागि सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन् । त्यसैगरी काठमाडौंस्थित बागबजारका एक दम्पतिले क्यान्सर अस्पताल निर्माणका लागि चार करोड रुपैयाँ दान सहयोग पनि गरेका छन् ।

सोमबार काठमाडौं बागबजारका ८८ वर्षीय चिनिकाजी र पत्नी शान्तादेवीको ४ करोड सहयोगमा क्यान्सर अस्पतालमा शय्या थप गरिएको हो ।
स्वास्थ्यमन्त्री गगन थापाले सोमबार आयोजित कार्यक्रममा निवासी श्रेष्ठ दम्पतीको ४ करोड सहयोग र अन्य दाताबाट संकलित ९० लाखमा निर्माण भएको स्मृति भवन उद्घाटन गरेका छन् । उनले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने तयारी गरेको बताए । सरकार सबै नागरिकको स्वास्थ्य बिमा गरी क्यान्सर, मिर्गौला, मुटु रोग जस्ता जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्ने विधेयक तयार गरी संसद्बाट पारित गर्ने अवस्थामा रहेको उनले बताए ।

देशभरका क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा पुर्‍याउँदै आएको अस्पताललाई दाता र सरकारी सहयोग वृद्धि गराउँदै अझै सेवा विस्तार र विकास गर्नुपर्ने कुरामा जोड दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी