काठमाडौं, बैशाख ५ ।
तपाईंले कहिँत्यै आफ्नो चिउँडोलाई नियालेर हेर्नुभएको छ ? चिउँडोले तपाईंको व्यक्तित्व झल्काउँछ । मानिसको व्यावहार वा स्वभावलाई चिउँडोलाई आकार हेरी सजिलै थाहा पाउन सकिन्छ ।
चिउँडोको बारेमा केही जानकारीहरू :
वर्गाकार :
वर्गाकार चिउँडो भएका मानिसहरू प्राय आकर्षक देखिन्छन् । तर यिनीहरू निकै नै जिद्दी स्वभावका हुन्छन् । यिनीहरू आफ्नो भित्री भावनालाई राम्रोसँग खोल्दैनन् ।
सानो र साँघुरो :
सानो र साँघुरो चिउँडो भएका मानिसहरू संवेदनशील हुन्छन् । तपाईंले बोल्दा खेरी ध्यान पुर्याउन निकै नै जरुरी छ । तपाईंको शब्दले अरूको चित्त नराम्ररी दुख्न सक्ने सम्भावना हुन्छ ।
हल्का फैलिएको :
हल्का फैलिएको चिउँडो भएका व्यक्तिहरू धेरै नै ऊर्जावान् हुन्छन् । यिनीहरूले सबै कार्यहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्छन् । राम्रो लिडर बन्न सक्ने गुण हुन्छ ।
भित्र पसेको चिउँडो :
यस्ता व्यक्तिको अनुहारमा चिउँडो नै नभएको जस्तो देखिन्छ । यस्ता व्यक्तिहरू इमान्दार र लोकप्रिय हुन्छन् । यिनीहरू पैसाको कुरामा भने निकै नै भाग्यमानी हुन्छन् । तर यिनीहरूले निर्णय लिने कुरामा भने गाह्रो मान्छन् ।
लामो चिउँडो :
लामो चिउँडो भएका मानिसहरू धेरै नै इमान्दार हुन्छन् । यिनीहरूले सजिलै साथीहरू बनाउन सक्छन् । यिनीहरूको परिवार सधैँ सुखी हुन्छ ।
गोलो चिउँडो :
गोलो आकारको चिउँडो भएका मानिसहरू आशावादी हुन्छन् । यिनीहरूले राम्रो साथी बनाउँछन् र साथीहरूलाई परेको बेलामा साथ दिने स्वभावका हुन्छन् । यिनीहरू राम्रो लिडर बन्न सक्दैनन् । लिडर बन्नुभन्दा आफ्नो ग्रुपमै रमाउने स्वभावका हुन्छन् ।