भक्तपुरको सिरुटारमा डिप बोरिङ गर्दा आगोको मुस्लो

भक्तपुरको सिरुटारमा डिप बोरिङ गर्दा आगोको मुस्लो

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

भक्तपुर, बैशाख ५ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित चापाखर्कको पुरानो खानेपानी ट्याङ्की परिसरमा डिप बोरिङ गरिरहँदा आगोको मुस्लो निस्केपछि खानेपानी ट्याङ्की नजिकै रहेको पिलागाउँ तनाबमा परेको थियो ।

आज बिहान नौ बजेदेखि निस्केको आगोको मुस्लो करिब चार घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका गरी तीन वटा दमकलले पानी तथा रसायन प्रयोग गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीका कारण उक्त क्षेत्रमा डिप बोरिङमा प्रयोग गरिएको मेसिन लगायत वरपर रहेका तारहरू समेत जलेका थिए ।

करिब एक सय ८० फिट गहिराईसम्म खनिएको उक्त ठाउँबाट ग्याँस निस्केर आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ