काठमाडौं, वैशाख ५।
भक्तपुरको गठ्ठाघरमा ट्याङ्करको ठक्करबाट गएराति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कौशलटारकी १९ वर्षीया सुष्मा कुटुु रहेको प्रहरीले जनाएको छ ।
गएराति सवा ८ बजे ना ४ ख ५२५८ नम्बरको ट्याङ्करले बा ८३ प ९४३२ नम्बरको मोटरसाइकाललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार कुटुको मृत्यु भएको हो ।
मोटरसाइकल चालक यमन कुटु घाइते भएको प्रहरीले जनाएको छ । ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline