बिस्केट जात्राअन्तर्गत सगुन जात्रा (द्यो सगं) पूजा सम्पन्न

बिस्केट जात्राअन्तर्गत सगुन जात्रा (द्यो सगं) पूजा सम्पन्न

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

भक्तपुर, बैैशाख ४ ।
भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्राको आज आठौँ दिन सगुन जात्रा अर्थात द्यो सगं पूजा गरिएको छ ।स्थानीय बासिन्दाले आज बिहानैदेखि धिमे बाजा, बाँसुरी बाजा र भजन खलकहरूले भक्तपुर नगरका शक्ति पीठ तथा देवी–देवताको परिक्रमा गरी सगुन जात्रा मनाएका हुन् ।

जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत मौलिक पहिचान बोकेको नेवारी पोसाक हाकुपटासी र दौरा–सुरुवाल लगाएर जात्रामा सहभागी जनाएका थिए ।

आजै देवी–देवतालाई सगुन पूजा गर्न आ–आफ्ना देउता घर अर्थात नेपालभाषामा द्यः छेँबाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्रामा सहभागी हुनेहरूले देवी–देवतालाई आ–आफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए ।

सो पूजा प्राचिनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख गरिएको छ । बिस्केट जात्राका क्रममा बिघ्नबाधा वा केही भुलचुक भए माफी होस् भन्ने उद्देश्यका साथ नगरका शक्तिशाली देवी–देवताको मन्दिरमा पूजाआजा गर्ने प्रचलनलाई सगुन जात्राका रूपमा लिने गरिएको र यसलाई नेवारी भाषाको वंशावलीमा समेत उल्लेख भएको संस्कृतिविद् ओम धौभडेलले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ