काठमाण्डौ, बैशाख ४ ।
भूकम्पपीडितका नाममा बिदेशी दातृ निकायबाट आएका खाद्यान्न, कपडा लगायत राहत सामाग्रीहरु त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको केन्द्रीय गोदाममा कुहिँदासमेत पीडितहरुमा नपुगेको पाइएको छ ।
महालेखा परिक्षकको कार्यालयले लेखा परिक्षणका क्रममा यस्तो तथ्य फेला पारेको हो । यस बाहेक विभिन्न जिल्लाको गोदाममा समेत खाद्यान्न, कपडा लगायतका सामाग्री कुहिएका छन् ।
महालेखाका अनुसार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको केन्द्रीय भण्डारमा प्राप्त भएको राहत सामग्रीमध्ये १ सय ४८ कार्टुन औषधि, १सय ६ बोरा कपडा, १ सय ५८ वटा त्रिपाल लगायतका सामानहरु काम नलाग्ने अवस्थामा पुगेको पाइएको छ ।
भन्सार कार्यालयले ती सामानहरुको अभिलेख नराखी अव्यवस्थित रुपमा खुला स्थानमा राख्दा काम नलाग्ने स्थितिमा पुगेको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline