काठमाण्डौ ,४ वैशाख ।
काठमाडौंमा देखिएको लक्षण देखिएको भन्दै चिकित्सकहरुले सचेतता अपनाउन आग्रह गरेका छन् ।
काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले विशेष सर्तकता अपनाउन आग्रह गर्नुभयो ।
करिब तीन हप्ता अघिमात्र काठमाडौंको एक निजी अस्पतालमा स्वाइन फ्लूकै कारण एक व्यक्तिको मृत्यु भएको थियो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएका ३० वर्षीय पुुरुषमा पनि स्वाइनफ्लू संक्रमण भएको पुष्टि भएको छ ।
ज्वरोसहित छाती दुखेर अस्पताल भर्ना भएका उनमा स्वाइन फ्लु देखिएको अस्पतालले जनाएको छ । गत फाल्गुनको पहिलो साता ज्वरो आएर अस्पताल पुगेका ४० वर्षीय एक पुरुषमा पनि स्वाइन फ्लुको भाइरस भेटिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको केन्द्रिय प्रयोगशालामा रगत परीक्षण गराउनेमध्य करिब २० प्रतिशतमा स्वाइन फ्लूको भाइरसको प्रारम्भिक लक्षण देखा परेको छ ।