शैक्षिक सत्र सुरुवातसँगै शुल्कको जुहारी

शैक्षिक सत्र सुरुवातसँगै शुल्कको जुहारी

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

भक्तपुर ४ बैशाख ।

शैक्षिक क्षेत्रका सरोकारवालाहरुबीच नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जुहारी सुरु भएको छ । शैक्षिक सत्रसँगै निजि विद्यालयहरुले बढाएको शुल्कको विषयलाई लिएर जुहारी गर्न थालेका हुन् ।

शैक्षिक सत्र सुरु भएपछि शिक्षाका विषयमा छलफल गर्न रफत सञ्चार क्लबमा आयोजित अन्र्तक्रिया कार्यक्रममा अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र एनप्याब्सनका कर्णबहादुर शाहीबीच शुल्कका विषयमा आरोपप्रत्यारोप चलेको थियो ।

प्याब्सनका अध्यक्ष सम्बाहाम्फे तथा एनप्याब्सनका अध्यक्ष शाहीले आफ्नो संगठनमा आवद्ध विद्यालयहरुले शुल्क नबढाए पनि अभिभावकहरुले विनाआधार शुल्क बढाएको प्रोपोगाण्डा गरेको बताए । हामीले तीन महिनाअघि नै अभिभावकहरुको भेला गरी शुल्क निर्धारण गरिसकेको विषयलाई शैक्षिक सत्रको सुरुवातमा अभिभावक संघलगायत अन्य विभिन्न पक्षले एकतर्फी शुल्क वृद्धि गर्यो भन्ने भनाइ अफवाह मात्र हो ।

प्याब्सन अध्यक्ष सम्बाहाम्फेले भने । एनप्याब्सनका अध्यक्ष शाहीले भने बिद्यालय चलाउनका लागि अभिभावक नै मूख्य श्र्रोत भएको भन्दै शुल्कको बिषयमा शिक्षा मन्त्रालयले थुपारेर हुन्न्, शुल्क सिमा तोक्नु हुन्न् तर शुल्कको बैज्ञानीक मापदण्ड निर्धारण गरिनु पर्ने उनले बताए । अभिभावक संघका पुरीले प्याबसन र एनप्याब्सनले सवोच्च अदालतको परामादेशलाई समेत वास्ता नगरि मनोमानी तरिकाले शुल्क बृद्धि गर्दा अभिभावकहरु मारमा परेको जिकिर गरे ।

उनले भने, अदालतको आदेश बिपरित जिल्ला शिक्षा कार्यालयहरुले बिद्यालयहरुको दबाब र प्रभावमा परि शुल्क बृद्धिमा सहयोगी भूमिका खेलको देखिन्छ । उनले शिक्षालाई सेवा भन्दा बढि ब्यापार बनाएको प्रति अभिभावकहरुको ध्यान गएको तर सरकारी निकायको ध्यान जान नसक्दा समस्या झनै बल्झिएको बताए ।

उनले यो बर्ष पनि सरकारी बिद्यालयहरुमा अध्ययन गर्ने बिद्यार्थीहरुले बेलैमा पुस्तक नपाउने र अध्ययनमा प्रभाब पर्ने तर्फ सरोकारवालाहरुको ध्यायन जान नसकेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी