काठमाडौं, बैशाख ४ ।
हामी सबै एकअर्काबाट भित्र देखिन्छौं । अध्ययनअनुसार मानिसको औँठा छापको मद्दतले व्यक्तिको व्यावहारबारे थाहा पाउन सकिन्छ ।
बैज्ञानिकहरूले तीन किसिमको औँठा छापको बारेमा पत्ता लगाएका छन् । आज हामी तपाईंलाई यसबारे जानकारी गराउँछौँ । औँठा छापको प्रकार हेरी मानिसको व्यक्तित्वबारे निम्नअनुसार थाहा पाउन सकिन्छ ।
१) कर्भी (बाङ्गोटिङ्गो) औँठा छाप :
यस्ता व्यक्तिहरू धेरै नै शक्तिशाली र विश्वस्त किसिमका हुन्छन् । यसै कारणले गर्दा यिनीहरू जिद्दी स्वभावका हुने गर्दछन् । यिनीहरूले नेतृत्वको भूमिका निर्वाह गर्न सक्दछन् ।
२) लुप औँठा छाप :
यस किसिमको औँठा छाप हुने व्यक्तिहरू धेरै शान्त स्वभावका हुन्छन् । यिनीहरू कुनै पनि अवस्थामा पनि हिंसात्मक व्यावहार देखाउँदैनन् । यदि तपाईंसँग पनि लुप औँठा छाप छ भने यसको मतलब तपाईंको कल्पना सक्रिय छ र तपाईं आफ्नो कल्पनामा विश्वास गर्नुहुन्छ ।
३) स्वीर्ली औँठा छाप :
यस किसिमका औँठा छाप भएका मानिसहरू प्राकृतिक रूपमा प्रतिभावान् हुन्छन् । यिनीहरूमा चाँडै सोच्न सक्ने क्षमता हुनुका साथै चलाख हुन्छन् । यसै कारणले गर्दा यिनीहरू नेता बन्न सक्ने सम्भावना पनि रहन्छ ।