सोलुखुम्बु विमानस्थल गौचरणमा परिणत

सोलुखुम्बु विमानस्थल गौचरणमा परिणत

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

सोलुखुम्बु, बैशाख ४ ।
सोलुखुम्बुको काँगेल डाँडा विमानस्थल गौचरण बनेको छ । २०७१ साल फागुन २७ गते परेको चट्याङले मौसमी विमानस्थलको टावरको उपकरणमा क्षति पुर्‍याएसँगै उडान सञ्चालन बन्द भएपछि अहिले सो विमानस्थल गौचरणमा परिणत भएको हो ।

चट्याङले टावरको उपकरणमा क्षति नपुर्‍याउँदासम्म हप्ताको एउटा उडान नियमित थियो । जिल्लाको तल्लो क्षेत्रका करिब १५ गाविस र खोटाङको उत्तरी क्षेत्रका नागरिकले सेवा लिने गरेको उक्त विमानस्थलमा नेपाल वायुसेवा निगमले उडान गर्दै आएको थियो । दूधकौसीका गाउँपालिका–२ का स्थानीय मानबहादुर कार्कीले भने ‘सम्बन्धित निकायको उदासिनताका कारण जनता भने हवाई सेवाबाट वञ्चित हुनुपर्‍यो ।’

जलेश्वरी खोटाङका रामकुमार राईका अनुसार ‘हवाई सेवा सञ्चालन भएको भए मेरो ७० वर्षीया बुबालाई सहजै काठमाडौं लान्थेँ तर हवाई सेवा नहुँदा काठमाडौंसम्म लान सकेको छैन, त्यसैले यो विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले पहल गर्नुपर्‍यो ।’

प्राविधिक कारणले विमानस्थल बन्द भएपछि पुनःपरीक्षण उडान गर्नुपर्ने एयरलाइन्सको नियम छ । निगम काँगेलका इन्चार्ज नारणकाजी कार्कीले भन्नुभयो ‘नेपाल एयरलाइन्ससँग आइपी क्याप्टेन नहुँदा परीक्षण उडान गर्न नसक्ने मुख्य कार्यालयबाट जानकारी आएको छ ।’ विमान यात्रुले बारम्बार सम्पर्क गर्ने गरेता पनि परीक्षण उडाननै हुन सकेन यो दुःखत कुरा हो इन्चार्ज कार्कीले भने ।

अहिले विमानस्थलमा मासिक ५५ हजार खर्च हुन्छ, तर आम्दानी भने शून्य छ । विमानस्थल २०५८ सालदेखि सञ्चालनमा आएको थियो । तर अहिले करिब १० घरले वस्तु बाख्रा चराउने गर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ