कञ्चनपुर, बैशाख ४ ।
सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय् सामान खरिद बिक्रीका लागि ‘इ–कमर्सियल साइट एमबिजियो डटकम’ को सुरुवात गरिएको हो ।
ग्राहकले बेवसाइटमा नाम रजिस्ट्रर गरेर आफूलाई आवश्यक पर्ने सामानको अर्डर गर्नसक्ने अनलाइन सपिङ सेवाका संस्थापक सन्तोष खत्रीले जानकारी दिएका हुन् । ‘ग्राहकको समय र पैसा दुवै बचाउने उद्देश्यका साथ अनलाइनमार्फत घरमै बसेर सामान किन्न सकिने र किनिसकेको सामान ग्राहकको हातमा पुगेपछि मात्र पैसा तिर्नुपर्ने व्यवस्था रहेको छ’ खत्रीले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline