दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर

दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

सल्यान, ४ वैशाख ।

सल्यान जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६०० बढी बालबालिका विद्यालय बाहिर रहेका हुन् ।

विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए पनि क र ख वर्गका शारीरिक अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । “क र ख वर्गका शारीरिक अपाङ्गता भएका विद्यार्थी विद्यालय आउन कठिन हुने र दुर्गममा रहेका विपन्न परिवारका बालबालिका पनि विद्यालय भर्ना नहुने भएकाले पनि उनीहरु शिक्षाबाट वञ्चित हुन पुगेका छन् ।” जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले भन्नुभयो ।

जिल्लाभित्रका सबै बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर यस वर्ष जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियानलाई विशेष जोड दिएको सुवेदीले जानकारी दिनुभयो । पाठ्यपुस्तक समयमा नपाउँदा पनि विद्यार्थी विद्यालय नआउने गरेका छन् ।

सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि उनीहरुको अवस्थाका आधारमा कार्यक्रम तय गरिने जिल्ला शिक्षा अधिकारी सुवेदीले जानकारी दिनुभयो । विद्यालयले समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर विद्यार्थी भर्ना हुन नआए त्यस्ता विद्यालयका प्रअलाई कानुनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

सल्यानमा १ देखि ५ कक्षासम्म ३६ हजार ९७, कक्षा ६ देखि ८ सम्म १९ हजार ४५६, कक्षा ९ र १० मा ११ हजार २९१ गरी जम्मा ६६ हजार ८४४ विद्यार्थी विद्यालयको पहुँचभित्र रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी