ख्रीष्टियन समुदायले मृत्युसंस्कार गर्न समाधिस्थल पाउनुपर्नेमा जोड

ख्रीष्टियन समुदायले मृत्युसंस्कार गर्न समाधिस्थल पाउनुपर्नेमा जोड

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, ४ वैशाख । ख्रीष्टियन समुदायले मृत्युसंस्कार गर्न समाधिस्थल पाउनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।

ख्रीष्टियन समुदायको पुनरुत्थान (इस्टर पर्व) का अवसरमा राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले आईतवार आयोजना गरेको कार्यक्रममा पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधानले सबैलाई समान अधिकार प्रदान गरेको भए पनि ख्रीष्टियन समुदायका लागि समाधिस्थल नहुनु विडम्बना हो भन्नुभयो ।
संविधान निर्माणपछि राज्यले एक धर्मलाई प्रोत्साहन गर्ने र अर्काेलाई हेला गर्ने अवस्था कानुनतहः अन्त्य भएको बताउँदै उहाँले संविधानले प्रदान गरेका कानुनी हकअधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् सांसद रामहरि खतिवडाले स्वेच्छिक रुपमा सबैलाई आफ्नो धर्म संस्कृति मान्ने अधिकार भएको बताउँदै सबै जातजाति, धर्म संस्कृतिलाई सँगै लिएर जानसके मात्र मुलुक समृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य कृष्ण केसीले नेपाल सबै जातजाति भाषा संस्कृतिको साझा फूलबारी भएको बताउँदै सबै धर्मले आफ्नो संस्कृति र परम्परा समान रुपमा मान्न पाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानवाधिकारकर्मी डा कपिल श्रेष्ठ, महासङ्घका अध्यक्ष सिबी गहतराज, महासचिव पदमनाथ पराजुलीलगायतले सरकारकातर्फबाट सबै जातजाति, भाषा, संस्कृति, धर्मलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ